जब ‘लाइभ शो’मै कुर्सि भाँचिएर अतिथि पछारिए ! (हेर्नुहोस् भिडियो)

काठमाडौं । पाकिस्तानमा लाइभ चलिरहेको बेलामा एक विश्लेषक कुर्सीबाट पछारिएका छन् । पाकिस्तानको जीटीभीमा एउटा बहस कार्यक्रम लाइभ चलिरहेको बेला एक विश्लेषक बसेको कुर्सी भाँचिएपछि पछारिएका हुन् ।

कश्मीरका विषयमा बहस चलिरहँदा पाकिस्तानी विश्लेषक मजहर बरलास लाइभ कार्यक्रममै पछारिएका हुन् ।

अहिले सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेको छ । पाकिस्तानी टीभीमा यसअघि पनि यस्ता हाँस्यास्पद घटनाहरू हुने गरेका छन् । एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?