चीनको राजधानी बेइजिङमा पनि मनाइयो संविधान दिवस

काठमाडौं । संविधान दिवसको अवसरमा चीनको राजधानी बेइजिङमा स्वागत समारोहको आयोजना गरिएको छ । समारोहका अवसरमा चिनियाँ विदेश मन्त्रालयका सचिव लाउ झाउचुईसहित कामको सिलसिलामा चीनमा बसोवास गर्दै आएका नेपालीहरूको उपस्थिति रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

अतिथिहरूको स्वागत गर्दै चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले सम्मेलन जारी भएसँगै नेपाल आर्थिक र सामाजिक विकासको मार्गमा अग्रसर भएको बताउनुभएको थियो ।

समारोहमा नेपाली संस्कृति र परम्परा झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?