१६ वर्षीय किशोर २ हप्तादेखि बेपत्ता, परिवार भन्छ ‘भेट्नेलाई इनाम दिन्छौं’

सर्लाही । सर्लाहीको इश्वरपुर नगरपालिका वार्ड नं ४ का एक जना किशोर २ हप्तादेखि बेपत्ता भएका छन् ।

जिल्लाको इश्वरपुर नगरपालिका वार्ड नं ४ बस्ने १६ वर्षीय अनुज गौतम गत भदौ १९ गतेबाट हराएका परिवारले जनाएको छ ।
कालो वर्ण, अग्लो र पातलो शरीर भएका अनुजको खोजिकार्यमा सहयोग गर्न उनको परिवारले आग्रह गरेको छ ।

 

हराएका अनुजको विवरणः

नाम : अनुज गौतम
उमेर : १६ वर्ष
वर्ण : कालो, अग्लो र पातलो

अनुज हराएपछि चिन्तित बनेको परिवारले भेटाउनेलाई विशेष इनाम दिने समेत जनाएको छ ।

अनुज भेटिएमा निम्न नम्बरमा सम्पर्क गर्नुहोला ।
9819830849

9819605992

9823645066

कृपया सक्दो ‘शेयर’ गरेर अनुजको खोजिकार्यमा सहयोग गरिदिनुहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?