सुनको मुल्य बढ्यो, यस्तो छ आजको बजारभाउ

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । विहिबार सुनको मुल्य प्रतितोला ७० हजार ७ सय काराेबार भएको थियो । तर आज तोलामा ३ सयले बृद्धि भई ७१ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यबसायी महासंघले जनाएको छ ।

त्यस्तै चाँदीको मुल्य विहिबारको तुलनामा ५ रुपैँयाले बढेको पाइएको छ । विहिबार प्रतितोला चाँदीको मुल्य ८ सय ५५ कायम भएको थियो । तर आज प्रतितोला रु ८ सय ६० कायम भई कारोबार भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?