यू-१६ च्याम्पियनसिप : नेपाल र ताजिकिस्तान भिड्दै, कसले मार्ला बाजी ?

काठमाडौं । जोर्डनमा जारी एएफसी यू-१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले आज ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

अघिल्ला दुई खेलमा १ अंक जोडेको नेपालले तेस्रो खेलमा आज ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार राति १०:४५ मा सुरु हुनेछ ।

प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा ताजिकिस्तानसँग नेपाल अंक खोस्ने लक्ष्यमा मैदान उत्रने छ । तर, बलियो टिमविरुद्ध अंक जोड्न नेपाललाई निकै कठिन हुनेछ ।

ताजिकिस्तान नेपाललाई हराएर लगातार तेस्रो जित निकाल्न चाहन्छ । २ खेलमा ६ अंक जोडेको ताजिकिस्तान शीर्ष स्थानमा छ । २ खेलमा १ अंक जोडेको नेपाल चौंथो स्थानमा छ ।

यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको थियो । दोस्रो खेलमा कुवेतसँग १-१ गोलको बराबरी खेलेको थियो ।

छनोट समूह ‘ए’ मा रहेको नेपालले अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?