विपिन र अनुले गरे ‘बटौली’मा रोमान्स (भिडियो सहित)

काठमाडौं । कलाकार विपिन कार्कीद्वारा अभिनित म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ । लोकलयमा आधारित ‘बटौली’ बोलको गीतमा कलाकार कार्कीलाई निकै रोमान्टिक मुडमा देख्न सकिन्छ ।

गीतमा हर्क साउदको शब्द, एसडी योगीको संगीत तथा मनिष ढकालको स्वर रहेको छ । गीतको भिडियोमा विपिनसँगै अनुप काफ्ले, सुमन मगर, मनिष ढकाल, हर्क साउद लगायतलाई देख्न सकिन्छ । बिहे गर्ने चाहेको एक युवकको कथा समेटिएको गीतलाई नविन चौहानले निर्देशन गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?