नौबिसे–नागढुंगा ‘नो ओभरटेक जोन’

appharu
0
Shares

धादिङ – चाडपर्वलाई लक्ष्य गरेर नौबीसे–नागढुंगा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ । उकालो र मोडहरूमा मालवाहक सवारी ढिलो गुड्ने भएकाले जामका बेला पनि साना सवारीले ओभरटेक गरेर उल्टै थप जाम गर्ने भएपछि यो १५ किमि दूरीलाई पहिलो पटक ‘नो ओभरटेक जोन’ भनेर लेन अनुशासनमा कडाइ गरिएको हो ।

नौबीसेदेखि खानीखोला–खत्रीपौवा–सिक्रेखोलादेखि नागढुंगासम्मको खण्डमा उकालो, साँघुरो र धेरै मोड छन् ।कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?