कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा

appharu
0
Shares
अर्थमन्त्री डा युवराज खतिवडा बुधबार आव २०७बmउस६÷०७बmउस७बmउस को लागि संघीय संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा विनियोजित रकम प्रस्तुत गर्दै । तस्वीरः प्रदीपराज वन्त, रासस ।

काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले सेना, प्रहरी, शिक्षक, अस्पतालसहित सबै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग गराउने तयारी भएको बताएका छन् । उनले सार्वजनिक खरिद ऐन संशोधन गरेर भए पनि सरकारले यसको व्यवस्था मिलाउने जानकारी दिए ।

बिहीबार भृकुटीमण्डपमा ‘र्‍यान एन्ड टेक्सटाइल एक्स्पो’को उद्घाटन गर्दै खतिवडाले निर्यात बढाउनका लागि पनि घरेलु कपडा उद्योग उपयुक्त क्षेत्र भएको बताए । उनले उद्योगमा लगानी गर्नेलाई सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । ‘व्यापार गर्ने अनि छुट देऊ भन्नेतिर नलाग्नुस्,’ उनले भने, ‘लगानी गर्नुस् ।’

उनले गुणस्तरमा सम्झौता नगर्न उद्योगीहरूलाई आग्रह गरे । ‘तपाईंको उत्पादन राज्यले नै खपत गर्ने अवस्था मिलाउँछौं,’ उनले भने । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?