लोक स्टारको २५ औं श्रृंखला पूर्वेली विशेष, को–को पुग्लान् टप ७ मा (भिडियो सहित)

काठमाण्डौं । ५० लाख नगद पुरस्कार राशीको आईएमई नेपाल लोक स्टारले आफ्नो २५ औं श्रृंखला पूरा गरेको छ । २५ औं श्रृंखलामा आईपुग्दा लोक स्टारले टप ८ प्रतिस्पर्धी पाएको छ ।

अब शुक्रबारको एपिसोडबाट एकजना बाहिरिने छन् र लोक स्टाले टप ७ प्राप्त गर्नेछ । बिभिन्न अडिसन पार गर्दै आएका ८ प्रतिस्पर्धी समाहित २५ औं श्रृंखला पूर्वेली लोकभाका विशेष रहेको छ ।

जसमा गेस्ट जजको रुपमा गायक तुलसी पराजुलीको उपस्थीति रहेको थियो । साथै अन्य नियमित जजहरु जयनन्द लामा, बि.बि. अनुरागी, रामजी खाँड र सुनिता दुलालको पनि सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?