शिव परियारको मंगली बनिन् आश्मा विश्वकर्मा (भिडियो सहित)

काठमाडौं । गायक शिव परियारको स्वर रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक ‘भेट हुदाँ’ बोलको गीत गायक परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ का रुपमा सार्वजनिक गरिएको हो । गीतमा प्रहाल्द शाहको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ ।

गीतको भिडियोमा ‘कार्टुन क्रु’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ । शान थापाको निर्देशनमा बनेको भिडियोमा गम्भिर विष्टएको नृत्य निर्देशन रहेको छ । बुद्ध थापाले छायांकन गरेको भिडियोलाई विकास ज्ञावलीको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?