गीतकार यादव खरेलसहित ८ जना सम्मानित

काठमाडौं । नाट्य, संगीत तथा सञ्चार सेवामा उल्लेख्य योगदान पुर्‍याएका विभिन्न ८ जनालाई हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत प्रतिष्ठानले सम्मान गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा गीतकार यादव खरेल, संगीतकार दीपक जंगम र कलाकार शकुन्तला शर्मालाई नाट्यसंगीत विधाको पुरस्कारबाट सम्मानित गरिएको हो ।

सञ्चार सेवाबाट समाचारवाचिका भारती सिलवाल, वरिष्ठ पत्रकार पुरु रिसाल र निरोधराज पाण्डेलाई पनि सम्मान गरिएको छ। प्रतिष्ठानले यसै वर्षबाट सुरु गरेको लोकप्रिय सञ्चारकर्मी पुरस्कारबाट भूषण दाहाल र लोकप्रिय कलाकार पुरस्कारबाट वीरेन्द्र हमाललाई सम्मानित गरियो ।

पुरस्कृत व्यक्तित्वहरुलाई सम्मान गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सामाजिक तथा राजनीतिक क्षेत्रमा साहित्यको उल्लेखनीय प्रभाव रहेको बताउनुभयो ।

नाट्य विधाको पुरस्कारको राशी जनही २५ हजार १११ रुपैयाँ र सञ्चार सेवा विधाको पुरस्कारको राशी जनही २१ हजार १११ रुपैयाँ रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?