आजबाट देशैभर ‘कबड्डी कबड्डी कबड्डी’

काठमाडौं । चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । जय नेपाल हलमा बिहीबार भएको प्रिमियर शोमा चलचित्रका मुख्य कलाकार र अन्य कलाकारको उपस्थिति थियो।

चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ।

स्वजातीय विवाह र अन्तर्जातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा वाचन गर्ने फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पार्नुभएको हो । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले दर्शकको माया कस्तो पाउला त्यो भने हेर्न बाँकी नै छ ।

चलचित्रले बम्पर ओपनिङको अवसर पाएको छ । कुनै पनि नयाँ हिन्दी चलचित्र र नेपाली चलचित्र नहुँदा यो चलचित्रलाई देशभरका मल्टिप्लेक्सले उच्च प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?