स्व.कोइरालालाई गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक

appharu
0
Shares

गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक यसवर्ष पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालालाई (मरणोपरान्त) प्रदान गरिने भएको छ ।
संविधान दिवसको दिन शुक्रबार राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममार्फत सो पुरस्कार प्रदान गरिनेछ । सो पुरस्कार २०६४ बाट हरेक वर्ष प्रदान गरिँदै आएकोमा यसवर्ष संविधान निर्माण र शान्तिप्रक्रियामा कोइरालाले आफ्नो जीवनकालमा खेलको भूमिकाको उच्च सम्मान गर्दै सो पदक प्रदान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष भीमसेनदास प्रधानले जानकारी दिए ।

राष्ट्रिय सभागृहमा हुने कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौला, नेकपा नेता सुवासचन्द्र नेम्वाङलगायतको उपस्थिति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?