लोक सेवा आयोगको राजश्व संकलन एनआईसी एशिया बैंकले गर्ने

काठमाडौं– लोक सेवा आयोगबाट संकलन हुने दरखास्त दस्तुर वापतको राजश्व देशभर अधिकतम शाखा सञ्जाल रहेको एन आई सी एशिया बैंकमार्फत् गर्ने सम्झौता भएको छ । एनआईसी एशिया बैंक र लोक सेवा आयोगबीच बिहिबार यो सम्झौता भएको हो । सम्झौताअनुसार लोकसेवा आयोगको परीक्षार्थीहरुले अबदेखि एन आई सी एशिया बैंकको देशभर रहेका २९८ कार्यालयहरु र ७० वटा एक्स्टेन्सन काउण्टरहरुबाट आफूलाई पायक पर्ने स्थानबाट परीक्षा दस्तुर बुझाउन सक्नेछन् ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र लोक सेवा आयोगको तर्फबाट सहसचिव जानकीराम शर्मा बरालले हस्ताक्षर गर्नुभयो ।

उक्त सम्झौतासँगै यस बैंकबाट लोकसेवा आयोगको परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुलाई दस्तुर भुक्तानी प्रक्रिया सहज हुने विश्वास बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?