नागरिक उड्ययन प्राधिकरणले कर्मचारीलाई किन बाड्दैछ अर्वौ रकम ?

काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले आफ्ना कर्मचारीलाई सवा एक अर्वभन्दा बढि रकम बोनस बाड्न लागेको छ । प्राधिकरणले आफ्ना कर्मचारीलाई सात आर्थिक वर्ष सम्म बोनस दिएको छैन । कम्पनीले २०६८/६९ देखी गत वर्ष २०७४/०७५ सम्मको नाफाबाट आफ्ना कर्मचारीलाई बोनस दिने जनाएको छ । अहिले आफ्ना कर्मचारिलाइ एकमुस्ट बोनसका रुपमा १ अर्ब २६ करोड ३१ लाख रुपैयाँ बोनस दिने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयबाट सो बोनस स्वीकृत भइसकेको र अन्तिम स्विकृतिका लागि अर्थमन्त्रालय पठाइएको प्राधिकरणले जनाएको छ ।

साथै प्राधिकणले नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने लाभांश भने ३५ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?