सरकारी कर्मचारीले अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने कानुन बन्दै

लोकपथ संवाददाता
0
Shares
काठमाडौँ, २ असोज (रासस) ः धागो र कपडा प्रदर्शनी उदघाटन समारोह अर्थमन्त्री डा युवराज खतिवडा नेपाल धागो उत्पादक संघद्वारा काठमाडौँमा बिहीबार आयोजित धागो र कपडासम्बन्धी प्रदर्शनीको उदघाटन समारोहमा मन्तव्य व्यक्त गर्दै । तस्वीर ः नवीन पौडेल

काठमाडौं । सरकारले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने कानुनी व्यवस्था गर्न लागेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुलाई अनिवार्य रुपमा स्वदेशी कपडा लगाउन बाध्य हुने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न लागिएको जानकारी दिनु भएको हो । उहाँले त्यसका लागि गुणस्तरीय उत्पादन र त्यसको मूल्य सहज बनाउन पनि स्वदेशी कपडा उद्यमीहरुलाई सचेत गराउनु भयो । बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘यार्न एण्ड टेक्सटाईल एक्स्पो–२०१९’ को उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले स्वेदशी उद्यमहरुलाई आत्मनिर्भर बनाउन सरकारले १५ प्रतिशत संरक्षण दिने व्यवस्था गरेको पनि बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरु भाडामा लिन पनि निजी क्षेत्रलाई आह्वान गर्नु भयो । उहाँले हेडौडा कपडा कारखाना र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिने सहमति गरिएको र केही दिन भित्रै त्यसलाई मन्त्रीपरिषदबाट पारित गराउने जानकारी दिनु भयो ।

अर्थमन्त्री खतिवडाले सरकारले स्वेदशी उत्पादनलाई प्रोत्साहन दिन भन्सार दरहरुमा पनि सहुलियत दिइएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?