सरकार र प्राधिकरणको हानथापमा निजगढ विमानस्थल, किन गरिएन त बजेट विनियोजन ?

काठमाडौं । सरकारले बारामा निर्माण हुन लागेको निजगढ अन्तराष्ट्रिय विमानस्थलका लागी बजेट विनियोजन गरेको छैन । नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएको विमानस्थल भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले पनि चालु आर्थिक वर्ष २०७६।७७ को बजेटमा रकम विनियोजन नगरेको हो । मुख्यगरी प्राधिकरणले पोखरा र भैरहवा विमानस्थललाई २२ अर्ब र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि ६ अर्ब ३९ करोड ५२ लाख बजेट विनियोजन गरेको छ। प्राधिकरणले चालु आर्थिक वर्षका लागि ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार ९ सय ९४ रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको छ।

प्राधिकरणको बजेट तथा योजना सार्वजनिक गर्दै निजगढको काम अघि बढ्न नसकेकाले रकम विनियोजन नगरेको महानिर्देशक राजन पोखरेले बताउनु भयो । साथै निजगढ निर्माणको काम अघि बढे प्राधिकरणले प्राथमिकतामा राखेर बजेट व्यवस्थापन गर्नसक्ने महानिर्देशक पोखरेलको भनाई रहेको छ ।

निजगढ विमानस्थल निर्माणको काम सुरु हुन लाग्दा विभिन्न पक्षबाट विवाद उत्पन्न भएपछि वातावरण प्रभाव मूल्याङकनदेखि बाँकी काम अघि बढ्न सकिरहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?