नयाँ बसपार्क क्षेत्रमा प्रहरीको कडा निगरानी: स्विप अपरेशनमा ३० जना पक्राउ

काठमाडौं । काठमाडौंको नयाँ बसबाट असामाजिक गतिविधिमा संलग्न ३० जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तेस्रो लिङ्गी २ जना, महिला ८ जना र २० पुरुष जना गरी ३० जना रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्ज प्रमुख डीएसपी उमेश लम्सालले जानकारी दिनुभयो ।

असामाजिक र शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिँदै डीएसपी लम्सालले बताउनुभयो ।
उहाँको अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ । महानगरीय प्रहरी वृत्त महाराजगन्जमा डीएसपी लम्साल आउनुभएपछी असामाजिक गतिविधिमाथि कडा निगरानी हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?