भिभिआइपीको प्रयोगको लागी झण्डै डेढ अर्वको हेलिकप्टर ल्याइयो

appharu
0
Shares
तस्वीरः गुगल

काठमाडौं । उच्च पदस्थ व्यक्तिहरूको सवारीका लागि भनेर नेपाल सरकारले खरिद गरेको हेलिकप्टर काठमाडौं आइपुगेको छ । इटालीबाट खरिद गरिएको उक्त हेलिकप्टरको मुल्य १ अर्ब ४० करोड रहेको साथै नेपाली सेनाको स्वामित्व र सञ्चालनमा रहने छ । साथै यसको दर्ता र नियमन भने नागरिक उड्डयन प्राधिकरणले गर्ने छ।

नेपाली सेनाको कलरमा नहुने यो हेलिकप्टर नेपाल नागरिक उड्डयन प्राधिकरणमा दर्ता भएको छ । यसको सञ्चालनका लागि प्राधिकरणबाटै अनुमति लिनुपर्ने छ। यसको नेपाली दर्ता नम्बर ‘नाइएन९पिएमए’ हुने छ।

भिभिआइपी प्रायोजनका लागि ल्याइएको उक्त हेलिकप्टरमा आठ सिट रहेको छ । आवश्यक्ता अनुसार सिटहरु घटाउन सकिने समेत व्यवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?