२ आश्विन २०७६, बिहीबार १६:३४

मैत्रीपूर्ण भलिबलको उपाधि राष्ट्रसेवक टोलीलाई


प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार १६:३४

काठमाडौं । संविधान दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले आयोजना गरेको मैत्रीपूर्ण भलिबलको उपाधि राष्ट्रसेवक कर्मचारीको समूहले प्राप्त गरेको छ ।

बिहीबार भएको फाइनल खेलमा पश्चिमाञ्चल खेलकूद सङ्घलाई पराजित गर्दै राष्ट्रसेवक कर्मचारी समूह विजयी भएको थियो । राष्ट्रसेवक कर्मचारी समूहको नेतृत्व प्रमुख सचिव हरिप्रसाद बस्याल गर्नुभएको थियो भने खेलकूद सङ्घको नेतृत्व राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेश गुरुङले गर्नुभएको थियो ।

पहिलो सेट आफ्नो पक्षमा पारेको खेलकूद सङ्घ पछिल्लो तीन सेटमा पराजित हुन पुग्यो । खेलकूद सङ्घले उद्योग वाणिज्य सङ्घका समूहलाई पराजित गर्दै फाइनलमा पुगेको थियो भने कर्मचारी समूहले मुख्यमन्त्री तथा पत्रकारको टिमलाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

विजयी तथा सहभागी खेलाडीलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरुस्कार वितरण गर्नुभयो ।

Tags:

प्रतिक्रिया दिनुहोस
सन्दीपले ‘द हन्ड्रेड’ लिग खेल्ने, कमाई १ करोड ४७ लाख !

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय

म्यानचेस्टर युनाइटेडसँग लिभरपुलको बराबरी

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबल अन्र्तगतको खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दै

एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न नेपाली टोली इरानतर्फ

काठमाडौं । तुर्कमेनिस्तानमा सन् २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको

नवप्रवेशी मार्लोकासँग रियल मड्रिड पराजित

एजेन्सी । स्पेनिस लिगमा रियल मड्रिडले हारको सामना गरेको छ । शनिबार राति