तिहारमा चिनीको अभाव हुनसक्ने, यस्तो छ कारण

काठमाडौं । यस वर्ष तिहारको समयमा चिनिको अभाब देखिने देखिएको छ । चिनीमा सरकारले लगाएको परिमाणात्मक बन्देज फुकुवा नगर्दा तिहारको समयमा बजारमा चिनीको अभाव हुने अनुमान गरिएको हो । सरकारले बजार मूल्यमा हस्तक्षेप नगर्दा साल्ट्र टेडिङ्ग कर्पोरेशनमा चिनीको मौज्दात सकिन थालेपछि बजारमा चिनी महङ्गो हुने भएको हो । साथै कर्पोरेशनसँग चिनी नहुँदा बजारमा चिनीकोे अभाव भएपनि आयात खुलाउन सरकार उदासीन भएकोले व्यवसायीले मनपरी मूल्य लिई उपभोक्ता ठग्ने गरेका छन । नेपालमा तिहारको समयमा चिनिको माग बढि हुने गर्दछ तर बढी खपत हुने समयमा नै बजारमा चिनीको अभाव हुने भएपछि उपभोक्ताहरुमा समस्यामा पर्र्ने देखिएको छ ।कर्पोरेसनसँग दसैंका लागि सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा विक्रि गर्नबाहेक चिनीको मौज्दात छैन ।

सरकारले स्वदेशी चिनी उद्योगलाई संरक्षण गर्ने भन्दै बाहिरबाट चिनीकाृे आयात रोकिएको छ । तर स्वदेशमा पनि उत्पादन बढाउन पनि सकिरहेको छैन । र सरकारले चिनीको आयातमा लगाएको परिमाणात्मक बन्देज फुकुवा नहुँदा कर्पोरेसनले यो वर्ष चिनी खरिद गरी आयात गर्न पाएको छैन । गत वर्षमै खरिद गरेको कर्पोरेशनसँग पाँच हजार मेट्रिकटनमध्ये अहिले करिब एक हजार पाँच सय मेट्रिक टन मात्रै मौज्दात छ । कर्पोरेशनका नायव महाप्रवन्धक कुमारराजराज भण्डारीले चिनीको मौज्दात सकिन लागेकाले आयातमा लगाइएको प्रतिवन्ध खुलाउन पहल नगरे तिहारमा अभाव हुने बताउनुभयो।

हाल भएको परिमाण सकिएपछि कर्पोरेसनसँग चिनी मौज्दात शून्य हुने छ । कर्पोरेसनले असोज अन्तिम सातादेखि उपभोक्तालाई चिनी विक्रि गर्न आफूसँग मौज्दात नभएको समेत बताइसकेको छ । विगतमा कर्पोरेसनसँग चिनीको मौज्दात सकिएको अवस्थामा निजी क्षेत्रका उद्योगीले फाइदा उठाउँदै चिनीको आफूखुसी मूल्य निर्धारण गर्दै आएका थिए । बजारमा चिनी अभाव भएको समयमा उद्योगीले प्रतिकिलो चिनीको मूल्य एक सय १० रुपैयाँसम्म तोकेका थिए । निजी व्यवसायीसँग बजारमा प्रयाप्त चिनी भएपनि कर्पोरेशनसँग चिनी नहुँदा व्यवसायीले बजार मूल्य अस्भाविक बढाउने गर्छन् ।

गत साउनमै उद्योगीले चिनी आयात प्रतिबन्धलाई दसैं तिहारसम्म थप गर्न माग गरेका थिए । तर, सरकारले हालसम्म म्याद पनि थपेको छैन । औपचारिक रूपमा चिनी आयात प्रतिबन्ध फुकुवाको घोषणासमेत गरेको छैन ।

यसरी सरकारले आयातमा लगाएको रोकावट फुकाएर बाहिरबाट हुने आयातमा बाटो नखुलाएमा तिहारको समयमा बजारमा चिनिको चरम अभाब हुने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?