प्रधानमन्त्रीले आज संसदमा सम्बोधन नगर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा गर्ने भनिएको सम्बोधन स्थगित भएको छ ।

प्रधानमन्त्रीले आज सम्बोधन नगर्ने उहाँका प्रेस सल्लाहकार कुन्दन अर्यालले नेपाल लाइभलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार, भोलि संविधान दिवस भएकाले भोलि प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ ।

बैसाखदेखि जारी प्रतिनिधिसभाको चौथो अधिवेशन आजबाट अन्त्य हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?