प्रहरीलाई १ हजार रुपैयाँ घुस दिन खोज्ने व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीलाई प्रलोभनमा पार्न खोज्ने एक युवक पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-११ भद्रकालीस्थित सडकमा डिउटीमा खटिएको प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं नयाँ बानेश्वर बस्ने २० वर्षीय याकम तामाङलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा खटिएको प्रहरीले बा.८३ प ५९८५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार तामाङले मादक पदार्थ सेवन गरेको पाइएपछि कारबाहीबाट बच्न प्रहरीलाई उक्त रकम दिन खोजेका थिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?