नयाँ प्रधानमन्त्री निवास म बस्नलाई होइन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बन्न लागेको नयाँ प्रधानमन्त्री निवास आफू बस्नको लागि नभएको बताउनुभएका छ । बिहीबार उक्त भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले बनाउँदा पनि र नबनाउँदा आलोचना गर्नु मानिसहरुको नकारात्मक मानसिकताको उपज भएको भन्दै गुनासो गर्नुभयो ।

‘म अहिले ४१ औं प्रधानमनत्री छु । यो भवनमा १ सय ४१ औं, २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ । यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र मपछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ ।’ उहाँले भन्नुभयो ।

अबका प्रधानमनत्री छिटोछिटो परिवर्तन नहुने भन्दै उहाँले त्यसका बाबजुद धेरै प्रधानमन्त्रीले उक्त भवनमा आफ्नो कार्यकाल गुजार्ने प्रधानमन्त्री ओलीको भनाई छ ।

‘मेरो कार्यकाल ठाङठाङ ठुङठुङ सुन्दै बित्ने भयो । छेउमा राष्ट्र बैंक बन्दैछ । त्यसको ठाङठाङ ठुङठुङ, यता आफ्नै भवनको ठाङठाङ ठुङठुङ । राति पनि दिउँसो पनि मैले ठाङठाङ ठुङठुङ सुन्नुपर्छ । अबका प्रधानमन्त्रीले भने शान्तसँग बस्न पाउनुहुन्छ । किनकी त्यतिबेला सबै बनिसकेका हुन्छन्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?