गर्भनरले दिए यस्तो चेतावनी, तीन वर्षको कमाइ एकैपटक स्वाहा हुनसक्ने ! 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले सुचना तथा प्रबिधीमा बैंकहरुले प्रयाप्त मात्रामा लगानी नबढाउने हो भने बैंक तथा वित्तिय संस्था झन असुरक्षित बन्दै जान सक्ने चेतावनी दिनुभएको छ  । नेसनल बैंकिङ इन्स्टिच्युटले बैंकिङ क्षेत्रमा साइबर चुनौती सम्बन्धी एकदिने तालिम कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो चेतावनी दिनु भएको हो ।

सुरक्षा चुनौतीलाइ मध्यनजर राख्दै पहिल्यै साबधानी नअपनाउने हो भने बैंकहरुमा भएको पैसा जतिबेला पनि लुटिन सक्ने सम्भावना रहेको समेत बताउनु भयो । साथै उहाँले तीन वर्षमा कमाएको पैसा एकैपटक स्वाहा समेत हुनसक्ने दाबी गर्नुभयो ।

बैंकहरुलाई सूचना प्रणालीको सुरक्षा र स्तर उन्नतिमा खुलेर खर्च गर्न अनुरोध गर्दै उहाँले चेतावनीको शैलीमा भन्नुभयो, ‘यदी बैंकहरुले यो क्षेत्रमा पर्याप्त खर्च गरेको देखिएन भने आगामी मौद्रिक नीतिमा साइबर सुरक्षाको लागि यति खर्च गर्नुस् भनेर निर्देशन दिन राष्ट्र बैंक बाध्य हुन्छ ।’

 

केही साता अघि नेपालका केही बैंकको एटीएमबाट भएको चोरीको घटनापछि नेपालको बैंकिङ क्षेत्र कति सुरक्षित छ भन्ने बहस चलिरहेको छ । यही सन्दर्भमा नेसनल बैंकिङ इन्स्टिच्युटले तालिम आयोजना गरेको हो । लगभग सबै बाणिज्य बैंकका आईटी प्रमुखलाई साईबर सुरक्षाबारे जानकारी दिन यस्तो कार्यक्रमको आयोजना गरिएको एनबीआईका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले बताउनुभयो  । साथै भोलीका दिनमा बैक तथा वित्तिय संस्थाको वित्तिय सुरक्षामा प्रविधीको क्षेत्रमा सचेत हुनुपर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?