प्रदेश २ मा संविधान दिवस – मुख्यमन्त्रीले दीपावली गर्दै मन्त्रीहरुले ‘ब्ल्याक आउट’ !

काठमाडौं । भोलि असोज ३ गतेलाई देशैभर भव्यरुपमा संविधान दिवस मनाउने तयारी भइरहेकाबेला प्रदेश २ सरकारका मन्त्रीहरु भने विभाजित भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले नेतृत्व गरेको मूल समारोह समितिले केन्द्र सरकारको निर्देशन अनुसार असोज २, ३ र ४ गतेका लागि विभिन्न कार्यक्रम तय गरेको छ । जसमा तीन दिन दिपावली गर्नेदेखि सरसफाइलगायतका कार्यक्रम समावेश गरिएका छन् । तर, प्रदेश सरकारले दिपावलीको तयारी गरिरहँदा सरकारकै केही मन्त्रीहरुले भने असोज ३ गतेलाई कालो दिवस मनाउने तयारी गरेका छन् ।

प्रदेश २ मा गठबन्धन सरकारको नेतृत्व गरिरहेको समाजवादी पार्टीले दिवापली वा कालो दिवस दुबै कार्यक्रम नगर्ने औपचारिक निर्णय गरेको छ । तर, प्रदेश २ को अर्को सत्तारुढ घटक राष्ट्रिय जनता पार्टी (राजपा) ले भने कालो दिवसका रुपमा मनाउने घोषणा गरिसकेको छ । राजपाले संविधान दिवसका दिन जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गर्ने र साँझ ७ बजे ‘ब्ल्याक आउट’ गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?