२०७८,असार,८,मंगलवार

वृद्धाको हत्या गरी फरार भरत १७ वर्षपछि पक्राउ


काठमाडौं । एक वृद्धाको हत्या गरी फरार रहेका अभियुक्तलाई नुवाकोट प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।

ककनी गाउँपालिका-७ सिम्लेकी ७० वर्षीया पदककुमारी गुरुङको विसं २०५९ माघ २१ गते हत्या गरी फरार भएका सोही वडाका ३६ वर्षीय भरत सुनारलाई प्रहरीले हिजो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

आरोपित सुनारलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा चितवनको राप्ती न.पा-७ भवानीबजारबाट पक्राउ गरी ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतमा बुधबार पेश गरिएका सुनारलाई अदालतले अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७६,आश्विन,२,बिहीवार १२:३८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गत आइतवार राति करिब १० बजे तिर दाङको लमही ७ स्थित सम्राट सिमेन्ट उद्योगमा चुन ढुंगा छोडेर फर्किंदै

काठमाडौं । काठमाडौंको बालाजुमा बस र मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१६ स्थित बालाजु सडकमा ना

काठमाडौं । कर्णाली प्रदेशमा कोरोना भाइरस कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका

धनगढी-टेकसिँह धामी । असार ५ गते जंगलमा मृत फेला परेकी डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मितादेवी धामीको मोबाइल फोन