आजबाट बजेट अधिवेशनको अन्त्य  हुँदै,  संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । गत बैशाख १६ गतेबाट शुरु भएको बजेट अधिबेशन आजबाट अन्त्य हुदैँ छ । संघिय संसदको चालु अधिवेशन सकिनुअघि अघि प्रधानमन्त्री केपि शर्माले संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत, बजेट पारित तथा केही महत्वपूर्ण विधेयकहरु पारित भएका छन् । तर, नागरिकता, मिडिया काउन्सिल, संघीय निजामती सेवालगायतका विधेयक भने संसदबाट पारित हुन बाँकी छन् ।

यो भन्दा पहिले बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको निर्णय गर्दै सदर गर्न राष्ट्रिपतिसमक्ष पेस गरेको थियो । आज राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि बजेट अधिवेशन अन्त्य हुने संसद सचिवालयले जनाएको छ ।दिउँसो साढे २ बजे प्रधानमन्त्रीले संघीय संसदलाई सम्बोधन गर्दै अधिवेशन सकिएको घोषणा गर्ने कार्यक्रम रहेको छ। बजेट अधिवेशन अन्त्य हुने आजको दिन केही केही विधेयकहरु पारित हुने संसद सचिवालयका कर्मचारीहरुले बताए पनि ती कुन–कुन हुन् भन्ने खुलाइएको छैनन् ।

प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले संसद् सचिवालयको तर्फबाट अधिवेशन अन्त्यको सबै तयारी पूरा भएको समेत जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?