२ आश्विन २०७६, बिहीबार ११:१३

बालिका बलात्कार गरी हत्या गर्ने २ जनालाई अदालतले सुनायो यस्तो सजाय


प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार ११:१३

काठमाडौं । एक बालिकालाई बलात्कार गरी हत्या गर्ने दुईजनालाई जिल्ला अदालत धनुषाले बुधबार आजीवन कारावासको सजाय सुनाएको छ ।

सामूहिक बलात्कार गरी बालिकाको हत्या गर्ने धनुषाको औरही गाउँपालिका–२ परवाहाका ३१ वर्षीय विनोद मुखिया र ३३ वर्षीय नथुनी पण्डितलाई जिल्ला अदालत धनुषाले आजीवन कारावासको सजायको फैसला सुनाएको हो ।

बुधबार जिल्ला अदालतका न्यायाधीश राजेश कटुवालको इजलासले मुखिया र पण्डितलाई बालिका बालात्कार गरी हत्या गरेको दोषी ठहर गर्दै आजीवन कारावाससहितको सजाय सुनाएको हो । झण्डै एक वर्षअघि विसं २०७५ असोज २६ गते दुर्गा मेला हेर्न गएकी परवाहाकी रामाशिष यादवकी १० वर्षकी छोरी मनिताकुमारी यादवलाई गाउँकै स्थानीय मुखिया र पण्डितले रु १० को प्रलोभन देखाएर गाउँभन्दा पर लगी बलात्कार गरी हत्या गरेका थिए ।

बालिकाको शव धान खेतको हिलोमा गाडिएको अवस्थामा फेला परेलगत्तै प्रहरीले दुवैलाई पक्राउ गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस
नवलपरासीबाट १८ जुवाडे पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वको प्रहरी टोलीले गएराति जुवा खेलिरहेका १८ जनालाई

सप्तरीमा अवैधरूपमा लगाइएका गाँजा फडानी

काठमाडौं । सप्तरीको बोदेबरसाइन नगरपालिकाकास्थित खेतबारीमा अवैधरूपमा लगाइएका ७०० बोट गाँजा बिहीबार फडानी

लुकाइछिपाइ राखिएको पटाका बरामद

काठमाडौं | सप्तरीको राजविराजस्थित नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ

हातहतियार तथा डाँका मुद्दामा फरार दुई पक्राउ

काठमाडौं । हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई