च्याम्पियन्स लिग : युभेन्ट्स बराबरीमा रोकियो

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गतको फुटबल खेलमा एट्लेटिको मड्रिडले युभेन्ट्सलाई बराबरीमा रोकेको छ । एट्लेटिको मड्रिडका हेक्टर हेरेराले खेलको अन्तिम मिनेटमा गोल गरेपछि खेल बराबरीमा रोकिएको हो ।

जुआन क्वाडराडोले ४८ औ मिनेटमा युभेन्ट्सलाई अग्रता दिलाए । ६५ औ मिनेटमा ब्लाईज मटुडीले युभेन्ट्सको अग्रतालाई दोब्बर बनाएका थिए ।

तर घरेलु टोली एट्लेटिकोले लगातार दुई गोल गर्दै खेल बराबरी गर्न सफल रह्यो । ७० औ मिनेटमा स्टेफन साविकले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काउने कोशिश गरेका थिए । खेलको अन्तिम मिनेटमा हेरेराले बराबरी गोल गर्दै युभेन्ट्ससंग अंक खोस्न सफल भएका थिए ।

युभेन्ट्सले ८६ औ मिनेटमा आरोन राम्सीलाई मैदानमा उतारेको थियो । वेल्सका अन्तराष्ट्रिय खेलाडी तथा आर्सनलबाट युभेन्ट्स आएका राम्सीले नयाँ सिजन टुरिन क्लबबाट च्याम्पियन्स लिगमा देखा पर्न सफल भए ।

समुह डीको खेलमा दुवै क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?