दुबईमा निर्यात हुन थाल्यो नेपाली तरकारी, नेपाली तरकारीले सधैँ बजार पाउला त ?

काठमाडौं । युनाइटेड अरब इमिरेट्स युएइ अर्थात दुबईमा नेपालबाट हरियो तरकारी निर्यात हुन थालेको छ । यस भन्दा पहिलेपनि कतारमा नेपालबाट ठुलो परिणाममा हरियो तरकारीहरु निर्यात हुदैँ आएको थियो ।

नेपालबाट कतारमा तरकारी निर्यात गर्दै आउनुभएका व्यबसायी कल्याण घिमिरेले दुबैमा पनि तरकारी निर्यात गर्नुभएको हो । दुबईको सफारी मलका लागि  नेपालबाट पहिलोपटक ३२ सय किलो फलफूल तथा तरकारी गत सेप्टेम्बर ४ मा उडाइएको घिमिरेले जानकारी दिनुभयो । यस्तै, सेप्टेम्बर १० मा १७ सय किलो हरियो तरकारी तथा फलफूल  दुबई पठाइयो । हरेक साताको मंगलबार वा बुधबार नेपालबाट दुवईका लागि तरकारी तथा फलफूल पठाउने गरिएको छ ।

दुबइको सफारी मलमा पठाइएको तरकारीको मुल्यपनि राम्रै पाउने गरिएको छ । डल्ले खुर्सानी, तामा, टाटेसिमी, लौका, करेला, कांक्रो, मुला, घिउसिमी, लाम्चो खुर्सानी र हरियो मकै अहिले पठाइँदै आएको छ । व्यवसायी घिमिरेका अनुसार डल्ले खुर्सानीको मूल्य प्रतिकिलो दुबईमा २५ दिराम पर्छ । यस्तै तामा १८ दिराम र टाटेसिमिको मूल्य ७ दिराम तोकिएको छ ।

 

दुबईको सफारी मलमा नेपालबाट आएको गुन्द्रुकको प्रतिकिलो औसत मूल्य ३५ दिराम, हरियो खुर्सानी प्रतिकिलो ११, करेला १०, घिउसिमी १२, सेतो मुला १२, र काँक्रोको मूल्य १० दिराम छ । दिनानुदिन  दुबईमा नेपाली फलफूल तथा तरकारीको माग बढेको घिमिरेको भनाइ रहेको छ ।

यसैगरि नेपालले तरकारीमा मात्र नभएर अन्य बस्तुहरुको निर्यातमा जोड दिइने हो भने  आर्थिक रुपमा नेपालले छिट्टै नै ठुलो फड्को मार्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?