‘के लोकतन्त्र खतरामा छ ?

appharu
0
Shares

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि आइलागे जाइलाग्ने बताएका छन्। २७ दिनपछि बुधबार दुईवटा सार्वजनिक कार्यक्रममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा आइलागे जाइलाग्ने बताएका हुन्। ‘लोकतन्त्रमाथि खतरा आइसकेको छैन तर खतरा निम्त्याउने प्रयासहरू भइरहेका छन्।

बघिनीले डमरुमाथि खतरा पैदा नहुन्जेलसम्म केही गर्दैन, जब डमरु खतरामा पर्छ तब जाइलाग्छे। सरकार पनि लोकतन्त्रमाथि खतरा आइलाग्यो भने जाइलाग्ने छ। सरकार चुप लागेर बस्दैन,’ सिंहदरवारस्थित नयाँ संसद् भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले तत्काल लोकतन्त्रलाई खतरा नभए पनि आफ्नो सत्ता शक्ति खोसिएकाहरू अन्य कारणले उत्पन्न भएको विरोधमा खेलेर चलमलाउन खोज्दा प्रधानमन्त्रीको सो अभिव्यक्ति आएको हुनसक्ने बताउँछन्। ‘सबै सूचनाको पहुँचमा उहाँ हुनुहन्छ कुनै सूचना पाएर पनि यस्तो अभिव्यक्ति आएको हुनसक्छ। वा संविधान निर्माणका सहयात्रीहरूलाई लोकतन्त्रको पक्षमा र आफ्ना पक्षमा राख्न पनि यस्तो अभिव्यक्ति आएको हुनसक्छ,’ प्राध्यापक पोखरेलले भने। नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?