भद्रगोलको २२१ औँ भागलाई पनि ‘लाईक’ भन्दा तेब्बर बढी ‘डिसलाईक’

काठमाण्डौं । चर्चित टेलिसिरियल भद्रगोलको पछिल्लो श्रृंखला २२१ को लागी लाईकभन्दा तेब्बर बढी डिसलाईक आइरहेको छ । टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिश्रृंखला भद्रगोल ६ हप्तापछि पुन प्रशारणमा आएको थियो ।

केहि समय पछि प्रसारणमा आएको २२० औँ श्रृंखलाले लाईकको तुलनामा झण्डै तेब्बर डिसलाईकको सामना गर्नुपरेको थियो । अहिले २२१ औँ श्रृंखलाले झनै बढी डिसलाईक पाएको छ । यो समाचार तयार पार्दासम्म भद्रगोलको २२१ औँ भागले युट्युवमा १० हजार लाईक तथा ३४ हजार डिसलाईक पाएको छ ।

भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि नयाँ टिमले भद्रगोल पुनः सुरू गरेको हो ।

भद्रगोलबाट बाहिरिएको जिग्री र पाँडेको टिमले अहिले सक्किगोनी नामक सिरियलको घोषणा गरिसकेको छ । सक्किगोनी असोज २ गते बिहिबारबाट प्रसारणमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?