पशुपतिले दिए आमालाई दशैंको कोसेली कान्छी बुहारी (भिडियो सहित)

काठमाण्डौं । लोक गायक पशुपति शर्माको नयाँ गीत कान्छी बुहारी सार्वजनिक भएको छ । दशैं तिहारको प्रस्तुतिका रुपमा सार्वजनिक गीतमा गायक शर्माको शब्द तथा भाका रहेको छ ।

गीतमा गायिका सम्झना भण्डारीले शर्मालाई साथ दिनुभएको छ । भिडियोमा पनि गायक शर्मा र गायिका भण्डारी दुबै जनाले अभिनय गरेका छन् भने साथमा सविता गुरुङलाई पनि देख्न सकिन्छ ।

दुर्गा पौडेलको कोरियोग्राफि तथा निर्देशनमा तयार भएको गीतको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?