चलचित्र ‘गोर्खे’ को ‘गाउँभरि हल्ला भो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । चलचित्र ‘गोर्खे’ को नयाँ गीत ‘गाउँभरि हल्ला भो’ सार्वजनिक भएको छ । गीतमा कलाकार अर्जुन गुरुङ, एन्जल श्रेष्ठ लगायतको अभिनय रहेको छ । हरि लम्सालको शब्द तथा संगीत र भुषण खतिवडाको स्वर रहेको गीतको भिडियोमा शिव विकको कोरियोग्राफी रहेको छ ।

चलचित्र ‘गोर्खे’ मा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ्ग, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राई लगायतकाको अभिनय रहेको छ । हरि लामा प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता तिर्थ कोजु र हरि थापा हुन् । कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा निरज कँडेलको छायाँकन, हिमाल केसीको द्वन्द्व र मित्र डि गुरुङको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?