एन आई सी एशिया बैंकको एटीएम सेवा सुचारु

काठमाडौं । बिभिन्न प्राविधिक कारणले गर्दा अवरुद्ध एन आई सी एशिया बैंकको एटीएम तथा पीओएस अर्को बैंकको मेशिनहरुमा नचल्ने भएकोमा यो सेवा फेरि सुचारु भएको छ ।
साउन १ बाट एनआईसी एशिया बैंकको डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पीओएसमा समेत चल्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।
चिनियाँ ह्याकर समूहले विभिन्न बैंकको सिस्टम ह्याक गरेर रकम चोरेपछि गत भदौ १८ देखि अन्तर बैंकिङ एटीएम तथा पीओएस सेवा अवरुद्ध बनेको थियो । सेवा अवरुद्ध भएको समयमा ग्राहकहरुमा पर्न गएको असुबिधाप्रति बैंकले क्षमायाचना मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?