नेपाल टेलिकमका ग्राहकहरुलाई खुसीको खबर, आजैबाट लागु हुनेगरी ल्यायो यस्तो योजना

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसका अवसरमा सम्पूर्ण ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।

टेलिकमले डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराएको हो ।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ । यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्छ । यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?