यूट्युबकै पहिलो त्यो १८ सेकेन्डको भिडियो

एजेन्सी । के तपाई यूट्युबमा भिडियो हेर्नुहुन्छ ? पक्कै हेर्नुहुन्छहोला । तर के तपाईले यूट्युबको भिडियो हेर्ने क्रममा यूट्युबमा सबै भन्दा पहिला अपलोड भएको भिडियो कुन हो हेर्नुभएको छ ?

सन् २००५ फेब्रुअरी १४ का दिन च्याड हर्ले, स्टीभ चेन र जावेद करिमले यूट्युबको शुरुवात गरेका थिए ।

अहिले हरदिन हजारौंको संख्यामा यूट्युबमा भिडियो अपलोड हुने गर्दछन् । विभिन्न गीत, चलचित्र तथा भिडियोहरु राखेर हेर्न मिल्ने इन्टरनेटको लोकप्रिय प्लेटफर्म ‘यूट्युब’ शुरुवात हुँदा पहिलो भिडियो कुन राखिएको थियो त ?

तस्वीर गूगल

यूट्युबको स्थापना भएको करिब डेढ् महिना पहिलो भिडियो अपलोड गरिएको थियो । उक्त भिडियोको टाइटल रहेको थियो ‘Me At The Zoo’. भिडियोलाई जावेद करिमले अपलोड गरेका थिए । १८ सेकेन्डको भिडियोलाई जावेदका साथी याकोब लापित्स्कीले खिचेका थिए ।

हेर्नुहोस यस्तो थियो यूट्युबमा राखिएको पहिलो भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?