काठमाडौंको कपनमा हात, मुख बाँधेको अवस्थामा महिलाको शव फेला

काठमाडौं । काठमाडौंको कपनमा महिलाको शव फेला परेको छ। सोही स्थानमा डेरा गरि बस्ने ४० वर्षीय कमला कार्कीको शव फेला परेको हो।

कमलाको हात मुख बाँधेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दोस्रो विवाह गरेर कपनमा बस्दै आएकी कमलाले सोही स्थानमा किराना र मदिरा पसल चलाउँदै आएकी थिइन् ।
कमलाको हत्या भएको पुष्टि भएपनि कसले र कसरी हत्या गरियो भन्ने खुल्न बाकी रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत्त बौद्ध र प्रभाग कपनबाट प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार घटनाबारे थप विवरण खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?