१ आश्विन २०७६, बुधबार १४:४३

कञ्चनपुरमा बसले ठक्कर दिँदा एकको मृत्यु


प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार १४:४३

काठमाडौं । कञ्चनपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ गुलरिया बजार नजिक आज ना ५ ख २०७३ नंको बस र से ७ प ५३२६ नं को मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उप महानगरपालिका-१० का २६ वर्षीय रञ्जित रानाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइल सवार १५ वर्षीय रञ्जेश्वरी राना गम्भीर घाइते भएका छन् । कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुन नसकेपछि उहाँलाई थप उपचारका लागि भारततर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताउनुभयो ।

बस र बसका चालक दाङ जिल्ला शान्ति नगरपालिका-३ का ३६ वर्षीय रुपलाल खड्कालाई इप्रका झलारीले नियन्त्रणमा लिएको छ । शवको स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढीमा लगिएको छ । मोटरसाईकलले सडक पार गर्ने क्रममा तीव्र गतिमा रहेको बसले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ ।

Tags:

प्रतिक्रिया दिनुहोस
पोखरीमा डुबेर बालिकाको मृत्यु

राजविराज । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित रहेको शिव मन्दिर अगाडिको पोखरीमा डुबेर बेपत्ता

बस दुर्घटनाः ११ यात्रु घाइते

डोटी । जोरायल गाउँपालिका–२ गरुडमा आज बस दुर्घटना हुँदा ११ जना घाइते भएका

उपत्यकामा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

काठमाडौं | काठमाडौँ उपत्यकाभित्र यस वर्षको दशैँमा सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

आगलागीबाट पाँच लाखको क्षति

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकास्थित बरमझियामा बिहीबार आगलागी हुँदा रु पाँच लाखको क्षति