१ आश्विन २०७६, बुधबार १४:३३

नागरिकतासम्बन्धि विधेयक : कांग्रेस सभापति देउवाले दिए पार्टी सांसदलाई कडा निर्देशन


प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार १४:३३

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यथास्थितिमा नागरिकता विधेयकसम्बन्धि पारित हुन नदिन पार्टीका सांसदहरुलाई कडा निर्देशन दिनुभएको छ ।
पार्टी संसदीय दलका नेता समेत रहनु भएका देउवाले संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा विचाराधिन नागरिकतासम्बन्धि विधेयक सरकारले बहुमतको आडमा पारित गर्न खोजेको उल्लेख गर्दै सो विधेयकलाई पारित हुन नदिन पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको हो ।

बुधबार सिंहदरबारमा पार्टी संसदीय दलको बैठक बोलाई सो विधेयक पार्टीको अडान अनुसार संशोधन नगरी पारित हुन नदिनसांसदहरुलाई सभापति देउवाले निर्देशन दिनुभएको पार्टीका राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । राज्य व्यवस्था तथा सुशासन समितिमा विचाराधिन नागरिकतासम्बन्धि विधेयकमा नेपाली काँग्रेसका सांसदहरुले फरक मत राखि अघि बढन दिएका छैनन ।

सो विधेयकमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिला र नेपाली महिलासँग विवाह गरेर नेपाल बस्न चाहेका विदेशी पुरुषलाई पनि तत्काल वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने नेपाली काँग्रेसको फरक मत छ । सभापति देउवाले पार्टीको सोही अडान नछाडन समितिमा रहेका पार्टीका सांसदहरुलाई सचेत पनि गराउनुभयो ।

बैठकमा सभापति देउवाले सरकारले भूमिसम्बन्धि विधेयक पनि संसदबाट जब्बरजस्ती पारित गरेको भन्दै आपत्ति जनाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
सप्तरीमा अवैधरूपमा लगाइएका गाँजा फडानी

काठमाडौं । सप्तरीको बोदेबरसाइन नगरपालिकाकास्थित खेतबारीमा अवैधरूपमा लगाइएका ७०० बोट गाँजा बिहीबार फडानी

लुकाइछिपाइ राखिएको पटाका बरामद

काठमाडौं | सप्तरीको राजविराजस्थित नेताचोकबाट लुकाइछिपाइ राखिएको पटाका गएराति प्रहरीले बरामद गरेको छ

हातहतियार तथा डाँका मुद्दामा फरार दुई पक्राउ

काठमाडौं । हातहतियार खरखजाना तथा डाँका मुद्दामा अदालतबाट कैद सजाय पाएर फरार दुई

भिटामिन ए कार्यक्रम सफलता पूर्वक सम्पन्न

काठमाडौं । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन ए, जुकाको औषधि तथा पाखुराको