लाखौंलाई आँखाको ज्योति दिने डा. रूइतको जीवनी नेपालीमा आउँदै

काठमाडौं – विश्वविख्यात आँखा सर्जन डा. सन्दुक रूइतको जीवनी सन्दुक रूइत असोज ११ गते सार्वजनिक हुने भएको छ । अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब लेखक खगेन्द्र सङ्ग्रौलाले नेपालीमा अनुवाद गर्नुभएको छ । अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले पहिलो पटक अङ्ग्रेजीमा प्रकाशन गरेको उक्त पुस्तकमा डा रूइतको जीवनी अर्थात् लाखौं मानिसलाई आँखाको ज्योति प्रदान गर्ने एक नेत्र चिकित्सकको प्रेरणादायी कथा समेटिएको छ । यहि पुस्तक नेपालीमा आउने भएको हो ।
म्यागासेसे, पद्मभूषण जस्ता प्रतिष्ठित पुरस्कार पाउनुभएका डा रुइतले , “अङ्ग्रेजीमा लेखिएको आफ्नो जीवनीको नेपाली अनुवाद आउँदै गर्दा एकदम हर्षित भएको बताउनुभयो । उहाँले भन्नुभएको छ, मेरो पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित ग-यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्नेछु ।”

यो पढ्नुभएको थियो ?  : नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई पनि डेंगु,यी हुन् १० लक्षण र बच्ने उपाय
                                 : तिलगंगाका संस्थापक डाक्टर रुईत स् जसले १ लाखभन्दा बढी मानिसलाई संसार देखाए 

पुस्तक अनुवादक खगेन्द्र सङ्ग्रौलाले , “सन्दुक रूइतको जीवन जिज्ञासा र अन्वेषण, सङ्घर्ष र सङ्कल्प, साहस र सेवाभाव, करूणा र परोपकार तथा त्याग र समर्पणले ओतप्रोत एवम् सादा जीवन, उच्च विचारको आदर्शले शोभित सानदार जीवन हो । भन्नुभएको छ ।
प्रकाशक ले ‘हामीले उहाँलाई गर्न सक्ने सम्मान’ भनेका छन् ।
उक्त प्रकाशन गृहसँग अनुवाद अधिकार लिएर फाइनप्रिन्टले नेपालीमा छापेको हो ।

छुटाउनुभयो कि ? : नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई पनि डेंगु,यी हुन् १० लक्षण र बच्ने उपाय
                                 : तिलगंगाका संस्थापक डाक्टर रुईत स् जसले १ लाखभन्दा बढी मानिसलाई संसार देखाए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?