१४ चैत्र २०७९, मंगलवार

नेत्र विशेषज्ञ डा. सन्दुक रुइतलाई पनि डेंगु,यी हुन् १० लक्षण र बच्ने उपाय

२०७६,भाद्र,२३,सोमवार ०९:००

0
Shares


काठमाडौं – नेत्र विशेषज्ञ प्रा.डा. सन्दुक रुइतलाई पनि डेंगु भएको छ । डेंगुको संक्रमणपछि उहाँलाई थापाथलीको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । रुईतसहित परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको छ । पछिल्लो समय देशव्यापी रूपमै डेंगु संक्रमण बढेको छ ।

डेंगुका लक्षणहरु

डेंगु ज्वरोको मुख्य लक्षण भनेको एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । ज्वरोका साथै निम्न लक्षणहरू पनि देखा पर्दछ ।

१. टाउको दुख्ने

२. आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

३. ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने

४. शरीरमा विमिरा आउने

५. वाकवाकी लाग्ने

६. पेट दुख्ने

७. नाक वा गिजाबाट रगत बग्ने

८. रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

कसरी बच्ने ?
डेंगुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेबाट बच्नु नै हो । लामखुट्टे पानीमा बस्ने भएकोले घरको वरपर वा पानी जम्ने ठाउँहरु जस्तै: गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न दिनु हुँदैन ।

बाहिर वा लामखुट्टेले तोक्ने ठाउमा निस्कदा शरिर ढाकिने लुगा लगाउनुपर्छ ।
सुत्दा अनिवार्य झुलको प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।

प्रकाशित मिति: २०७६,भाद्र,२३,सोमवार ०९:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मिटरब्याज पीडितहरुको पक्षमा ऐक्यबद्धता जनाएका छन् । ११ दिन हिँडेर महोत्तरीबाट

काठमाडौं । महोत्तरीबाट हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजी पीडितहरुलाई काठमाडौं महानगरले खुलामञ्चमा बस्न नदिने भएको छ । महोत्तरीबाट आइतबार काठमाडौंको मातातीर्थमा

काठमाडौं ।संघीय संसद अन्तर्गत राष्ट्रिय सभाबाट राष्ट्रिय मर्यादाक्रम सम्बन्धी विद्येयक स्वीकृत भएको छ । गत चैत ३ गते राष्ट्रिय सभामा

काठमाडौं । छाती भन्दा तल बाहिरी वा भित्री बस्त्रमा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने भएको छ । आइतबार संघीय संसद

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६