राष्ट्र बैंकको मर्जर नीति ६ बैंकले मानेनन्, कुन-कुन हुन अटेरी बैंक ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर अपडेटको लागी पत्राचार गर्दा  ६ बैंकहरुले जवाफ नपठाइ असहयोग गरेका छन । राष्ट्र बैंकले अपडेटको लागी बिभिन्न बैंकहरुलाइ पत्राचार गरेकोमा २२ बंैकहरुले भने मर्जरको लागी प्रतिबद्दता जनाउदै जवाफ पठाएका थिए । राष्ट्र बैंकले यही भदौ १२ गते  नै १० दिनको अल्टिमेटम  सहित मर्जरको प्रगति विवरण माग गरेको थियो।

जवाफ नपठाउनेमा राष्ट्रिय बाणिज्य बैंक , स्टान्डर्ड चार्टड , प्रभु , सिद्धार्थ , नेपाल इन्भेष्टमेन्ट र एनसीसी बैंक रहेका छन ।  यसभन्दा पहिले मर्जर प्रतिवद्धता नबुझाएका नविल, एभरेष्ट र प्राइम कमर्सियल बैंकले मर्जमा जाने ब्यहोरा सहितको पत्र राष्ट्र बैंकलाई दिएका छन । तर पहिले  नै मर्जरको लागि प्रतिबद्दता बुझाएका बैंकहरुले नै प्रगति विवरण नबुझाएकोमा राष्ट्र बैंकले असन्तुष्टि जनाएको छ ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरिन्जीवी नेपालले मौद्रिक नीति पुर्वनै असार १२ गते बैंक तथा वित्तीय संस्थाका अध्यक्ष तथा सीईओ हरुलाई डाकेर मर्जरको प्रतिबद्दता जनाउनको लागी मौखिक रुपमा जानकारी दिनुभएको थियो ।

त्यसको करिब दुई महिनापछि प्रतिबद्दता जनाएका र नजनाएका बैंकहरुलाई राष्ट्र बैकले मर्जर प्रतिबद्दता सम्बन्धमा अपडेट मागेको थियो । राष्ट्र बैंकले पछिल्लो पटक बैंकहरुलाई पत्र काट्दा मर्जर प्रतिवद्धता बुझाएका र नबुझाएका बैंकहरुलाई फरक फरक ब्यहोरा सहीतको पत्र समेत  काटेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?