एनसेलले ल्यायो ‘मेरो प्लान’ योजना : यस्ता छन् सुविधै सुविधा, कसरी सुचारु गर्ने ? हेर्नुहोस्

काठमाडौं । एनसेलले प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गर्दै ‘मेरो प्लान’ योजना ल्याएको हो । जसअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् ।

असोज १ अर्थात् आजदेखि लागु हुने यो योजनामा प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन् । यी प्लानहरु अन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

ग्राहकहरुले अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मजा लिन सक्नेछन् ।

यस बाहेक, यी प्लानहरु अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । यो योजनाको प्रमुख विषेशता भनेको प्रत्येक प्लानमा बण्डलिङ्ग गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफैं डेटा बन्द हुने सुविधा हो र ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताहरुका लागि विषेश रुपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ग्राकहले करसहित २५४.१० मा १ जिबी डेटा भोल्युम र करसहित मात्र रु १.२८ प्रति मिनेटमा एनसेल नेटवर्क भित्र कल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडिनै सकिएमा ग्राहकले करसहित ९.३ मा थप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवाको मजा लिन सक्नेछन् ।

प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र १.१५ प्रति मिनेट अन नेट भ्वाइस सेवा ३८१.७९ मा सुचारु गर्न सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयसिमा अगाडिनै सकिएमा ग्राहकले मात्र रु १२७.६९ मा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन् ।

आफ्नो आवश्यकता अनुसार ग्राहकले पाँच मध्ये कुनै पनि एक प्लान लिन सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकका लागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान ७९९ पनि रहेका छन् । ग्राहकले ६३७.१७ मा प्लान ४९९ लिन सक्छन् । यो प्लानमा १.०२ प्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबि डेटाको प्याक १९१.५४ मा खरिद गर्न सक्नेछन् ।

त्यस्तै प्लान ७९९ अन्तर्गत १०२०.२४ मा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवा लिन सकिन्छ । यो प्लानमा भएको डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले मात्र ३८३.०७ मा थप ७ जिबी डेटा भोल्युम लिन सक्नेछन् ।

मासिक रुपमा बढि डेटाको आवश्यकता रहेका ग्राहकहरुका लागि एनसेलले प्लान ९९९ पनि ल्याएको छ । यस अन्तर्गत ग्राहकले मात्र १२७५.६२ मा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । उक्त प्लानमा भएको डेटा भोल्युम समयावधि अगाडी नै सकिएमा प्लानमा रहेका ग्राहकले मात्र ५१०.७६ मा थप १० जिबी डेटा खरिद गर्न सक्नेछन् ।

हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुकोे प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँच मध्य कुनै पनि प्लान सुचारु गर्ने ग्राहकले करसहित मात्र ०.६४ मा एनसेल नेटवर्क भित्र एसएमएस पठाउँन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ ।

ग्राहकले *३०२# डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन् । यस योजनामा समावेश गरिएका थप डेटा प्याकहरु खरिद गर्न ग्राहकले *१७१२३# डायल गरी प्लान अनुसारको डेटा लिन सक्नेछन् ।

आफ्ना ग्राहकका लागि ग्राहककै आवश्यकता अनुसारको डेटा, भ्वाइस र एसएमएस बण्डलिङ्गसहितको प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहको एनसेलले जनाएको छ । एनसेलले सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम मेरो प्लान ल्याईएका हो ।

यस योजनामा भएका कुनै पनि प्लान सुचारु भएपछि हरेक महिना स्वतः नविकरण हुनेछ । प्लान नविकरण हुनको लागि ग्राहक मोवाइलमा प्लान अनुसारको चाहिने ब्यालेन्स हुनु पर्दछ । मेन ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रति मिनेट कर सहित रु २.५४ र एसएमएस सेवा कर सहित प्रति एसएमएस रु १.२८ मा प्रयोग गर्न सक्नेछन् । यो योजना लागु भएको दिन देखि ३ महिनाको लागि मान्य हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?