१ आश्विन २०७६, बुधबार १२:०८

विप्लव समुहका जिल्ला प्रमुख र सेक्रेटरीलाई पाँच कसुरमा मुद्दा


प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार १२:०८

काठमाडौं । झापाका विभिन्न स्थानमा बम विष्फोट गराई आतङ्क मच्चाएको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज प्रमुख र सेक्रेटरीसहित पाँच जनालाई पाँच कसुरमा मुद्दा चलाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार पक्राउ परेका पाँचै जनालाई राज्यविरुद्धको कसुर, हातहतियार खरखजाना, सङ्गठित अपराध, विस्फोटक पदार्थ र चन्दा आतङ्कको अभियोग लगाइएको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामा सो समूहका जिल्ला इन्चार्ज इलाम माङसेबुङ-१ घर भएका ३४ वर्षीय प्रविण मिश्र, जिल्ला प्रमुख हल्दिबारी-५ का ४४ वर्षीय टीका पोखरेल, मकवानपुर भीमफेदी-२ का २६ वर्षीय अनुल सारुमगरलगायत छन् । सोमबार दिउँसो पाँचै जनालाई विर्तामोडबाट प्रहरीले पक्राउ गरेको थियो । अभियुक्तका साथबाट हतियार र प्रचार सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

मिश्र र पोखरेललाई प्रहरीले विर्तामोडको एक चिया पसलबाट पक्राउ गरेको थियो भने मगरलाई डेराबाट दुई थान कुटवा पेस्तोल, चार राउण्ड गोली, चन्दा सङ्कलन रसिदलगायतका कागजातसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीले यसअघि नै पाँचथर जिल्लाका इन्चार्ज राजु दास, ताप्लेजुङ जिल्लाका इन्चार्ज सागर लिम्बू, मेची ब्यूरो समन्वय समितिको गणेश कार्की, ताप्लेजुङका सेक्रेटरी नरपति पौडेल र ताप्लेजुङ जिल्ला कमिटी सदस्य यामबहादुर लिम्बूलाई पक्राउ गरेको थियो ।

Tags:

प्रतिक्रिया दिनुहोस
चिनियाँ राष्ट्रपति सीको भ्रमणमा तिनकुनेमा रोपिएको दुबो चोरी

काठमाडौं । असोज २५ गते चिनियाँ राष्ट्रपति सी जिङ पिङको राजकिय भ्रमणको समयमा

जीप दुर्घटना : श्रीमतीको मृत्यु, श्रीमान र छोरा घाइते

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा बोलेरो जीपको ठक्करबाट एक महिलाको मृत्यु

भाेलि कुन देशमा कति बजे टीका लगाउने ? (सूचनासहित)

काठमाडौं– भाेलि मंगलबार परेको विजयादशमीको टीकाको शुभ साइत बिहान १० बजेर २५ मिनेटमा

फौजीको दशैँ गीत : परिवारको आँखा रसाउँछ !

काठमाण्डौं । सशस्त्र प्रहरी बल (एपिएफ)ले निर्माण गरेको एपिएफ दशैँ गीतले राष्ट्रसेवक कर्मचारीलाई