च्याम्पियन्स लिग फुटबल : आयाक्सको सहज जित

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा डच क्लब आयाक्सले फराकिलो गोल अन्तरले सहज जितहात पारेको छ ।

मंगलबार राति भएको खेलमा आयाक्सले फ्रेन्च क्लब लिलीलाई ३-० ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा आयाक्सलाई जित दिलाउन एन्टोन प्रोमेस, एड्सन अल्भारेज र निकोलस टाग्लियाफिकोले एक एक गोल गरे ।

जितसँगै समूह एच को आयाक्सले पहिलो खेलमा ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा छ ।

यस समूहमा चेल्सीलाई हराएको भ्यालेन्सिया ३ अंक जोडेर दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?