नापोलीसंग २ गोल खाँदा लिभरपुल स्तब्ध

एजेन्सी । लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै नापोलीसंग २ गोल खाँदा स्तब्ध बनेको छ । मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुल ईटालियन क्लब नापोलीसंग २-० गोल अन्तरले पराजित भएको हो ।

नापोलीको घरेलु मैदानमा अन्तिम ८ मिनेटमा दुई गोल ब्यहोर्दै लिभरपुलले च्याम्पियन्स लिगमा खराब सुरुवात गरेको छ । समुह ई अन्तर्गतको खेलमा लिभरपुललाई स्तब्ध बनाउन मार्टिनेज र लोरेन्टीले समान एक एक गोल गरे ।

८२ औ मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । लोरेन्टीले ईन्जुुरी समयमा गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?