डर्टमण्डसंग बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गतको समुह चरणको पहिलो खेलमा बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमण्डसंग बराबरी खेल खेलेको छ ।

मंगलबार राति भएको समुह चरणको खेलमा बार्सिलोनाले डर्टमण्डसंग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

घरेलु टोली डर्टमण्ड पेनाल्टीमा चुक्दा बार्सिलोना अंक खोस्न सफल भएको हो । मार्को रिउसको प्रहारलाई पाहुना टोलीका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले असफल बनाउँदा डर्टमण्ड बराबरीमा रोकिएको हो । दोस्रो हाफमा बार्सिलोनालाई दबाबमा राखेको डर्टमण्डले गोल गर्न भने सकेन् ।

बार्सिलोनाको जर्सीमा फतीले कीर्तिमान कायम गरे । १६ बर्ष ३ सय दिनमा बार्सिलोनाबाट च्याम्पियन्स लिग खेल्ने फाती सबैभन्दा कान्छो उमेरको खेलाडी बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?