मलेसिया जाने कामदारको मेडिकल शुल्क बढ्यो, संघले निकाल्यो यस्तो विज्ञप्ती

काठमाडौं । रोजगारीको शिलशिलामा नेपालबाट मलेसिया जाने कामदारको मेडिकल शुल्क वृद्धि भएको छ । करिब १५ महिना अघिबाट रोकिएको मलेसियाको रोजगारी गत आइतबारबाट खुला गरेको थियो ।

श्रमको लागी भर्खरै मात्र दुई देशबिच श्रम सम्झौता भएसँगै मेडिकल शुल्कमा पनि वृद्धि भएको हो । तर मेडिकल शुल्क सबै मलेसियाली रोजगारदाता कम्पनीले नै बेहोर्ने भनिएको छ । सहमति अनुसार नेपालबाट मलेसिया जाने कामदारको मेडिकल परीक्षणबात अब ७ हजार ६६४ रुपैयाँ तिर्नुपर्नेछ । यसमा स्वास्थ्य परीक्षण शुल्क ४ हजार ५ सय छ भने मेडिकल प्रोसेसिङ चार्ज २ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

नेपालस्थित मलेसियन दूतावाका अनुसार मेडिकल प्रोसेसिङ चार्जमा १३ प्रतिशत भ्याटबात ३६४ रुपैयाँ थप हुनेछ । स्वास्थ्य परीक्षणका क्रममा कामदारले नै तोकिएको रकम आफै तिर्नुपर्ने र उनीहरु मलेसिया पुगेपछि रोजगारदाताले कामदारको पहिलो महिनाको तलव दिँदा भुक्तानी गर्ने समझदारीमा उल्लेख छ ।

नेपाल सरकारले बैदेशिक रोजगारमा जाने कामदारहरुको मृत्युदर घटाउन मुटु लगाएत अन्य परिक्षण गर्नुपर्ने भएपछि शुल्क बढेको जनाएको छ ।
तर, यो रकमको भार रोजगारदातालाई नै पर्ने भएकाले कामदारले यसबाट ठगिने अवस्था नआउने श्रम तथा रोजगार मन्त्रालयको भनाइ छ ।

रोजगारदाताले यस्तो रकम तलवबाटै घटाएर भुक्तानी गरे वा भुक्तानी नै नगरे कामदारले कानूनी लडाइँ नै लड्नुपर्ने अवस्था आउने देखिन्छ । तर नेपाल मेडिकल व्यवसायी संघले भने सरकारले मलेसियसँग गरेको यो सहमतिको विरोध गरेको छ । संघले एक विज्ञप्ति जारी गरेर सरकारले सिन्डिकेट तोड्न भन्दै सरकारले देखाएको अग्रसरताको परीणाम भने नयाँ संस्थाले महसुस गर्न नपाएको बताएको छ ।

मलेसिया जाने कामदारले अहिले पुरानै ३६ वटा स्वासथ्य संस्थाबाट मेडिकल गराउन सक्नेछन् । नोभेम्बरपछि मलेसियाले सरकारले प्रस्ताव गरेका ८६ वटा स्वास्थ्य संस्थाको अनुगमन गरेर तीनलाई पनि स्वास्थ्य परीक्षणमा सहभागी गराउने सहमति भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?